• ४ असोज २०८३ आइतबार/ Sunday 9-20-2026

जन्मदिनको अवसरमा तुम्बापोद्वारा मानव सेवा आश्रमका आश्रितलाई भोजन

गणतन्त्र खबर, धरान । धरान-१६ स्थित युएन स्कूलका डाइरेक्टर, नवोदय प्लस टु तथा युएन कलेजका प्रिन्सिपल एवं क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले आफ्नो जन्मदिन मानव सेवा आश्रमका आश्रितहरूसँग मनाएका छन् ।

जन्मदिनको अवसरमा उनले मानव सेवा आश्रम, धरान शाखामा आश्रित आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकालाई विशेष भोजनका रूपमा खीर खुवाएका हुन् ।

जन्मदिनलाई व्यक्तिगत खुसीमा मात्र सीमित नगरी सामाजिक सेवासँग जोड्दै आएका तुम्बापोले आश्रमका परिवारसँग खुसी साट्न पाउँदा आफूलाई पनि विशेष खुसी लागेको बताए ।

उनको जन्मदिन हरेक वर्ष राष्ट्रिय बाल दिवसका दिन पर्ने गरेको छ । यस वर्ष बाल दिवससँगै नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज पनि परेको अवसरमा आश्रमका आश्रितहरूलाई खीर खुवाइएको उनले बताए ।

‘मेरो जन्मदिन हरेक वर्ष राष्ट्रिय बाल दिवसका दिन पर्छ । यस वर्ष बाल दिवस र तीजको सुखद संयोग परेकाले आश्रमका सम्पूर्ण परिवारलाई विशेष रूपमा खीर भोजन गराएको हुँ ।’ तुम्बापोले भने ।

तुम्बापोले विगतका वर्षहरूमा पनि आफ्नो जन्मदिन सामाजिक संस्था तथा बालबालिकासँग मनाउँदै आएका छन् । यसअघि उनले इलामको चुलाचुलीस्थित बहुभाषिक पाठशालाका विद्यार्थी तथा गत वर्ष धरान–१९ स्थित सरस्वती बाल आश्रमका बालबालिकासँग जन्मदिन मनाएका थिए ।

यस वर्ष मानव सेवा आश्रममा आश्रितहरूसँग जन्मदिन मनाउन पाउँदा अझ आत्मीय महसुस भएको उनले बताए । आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकासँग रगतको नाता नभए पनि मानवताको नाता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा तुम्बापोकी जीवनसङ्गिनी सञ्जु, छोराहरू साम्निगेन र साम्जिकसहित परिवारका अन्य सदस्यहरूको समेत उपस्थिति थियो ।

तुम्बापोले मानव सेवा आश्रमले गर्दै आएको सेवाको प्रशंसा गर्दै आश्रमप्रति सम्मान व्यक्त गरे । सहाराविहीनका लागि आश्रम सहारा बनेको भन्दै उनले आश्रमको निरन्तर सफलताको शुभकामना दिए ।

उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यमा आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको

नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी

इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप