• ४ असोज २०८३ आइतबार/ Sunday 9-20-2026

विद्यार्थीलाई पढाइसँगै सामाजिक कार्यमा जोड्दै हिबिस्कस बोर्डिङ स्कुल

गणतन्त्र खबर, धरान । धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीलाई पढाइसँगै सामाजिक कार्यमा सहभागी हुन उत्प्रेरित गरेको छ । आज धरान-८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा विद्यालयको बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रममा विद्यार्थीलाई सहभागी भएका हुन् ।

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक कार्यमा सहभागी गराउँदै सेवाभाव र सामाजिक उत्तरदायित्वको विकास गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । बाल क्लबका अनुसार सो सरसफाई कार्यक्रम आफ्नो मासिक सरसफाइ अभियान अन्तर्गतको हो । 

विद्यालयका निर्देशक गंगराम कुलुङ राईले आगामी बिहीबार असोज १ गते हुने भव्य विश्वकर्मा पूजालाई सघाउ पुगोस भन्ने हेतुले सरसफाइ कार्यक्रम गरिएको बताए । मासिक रूपमा सञ्चालन हुँदै आएको सरसफाइ अभियानअन्तर्गत यसपटक उक्त मन्दिर परिसर छनोट गरिएको उनको भनाई छ । 

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सामाजिक कार्यमा सहभागी गराउँदै सामाजिकरण, सेवाभाव र सामाजिक उत्तरदायित्वको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको निर्देशक राईले बताए ।

विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व क्षमता विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको बाल क्लबले सरसफाइसँगै विद्यार्थीको बचत रकम संकलन गरी विभिन्न समयमा मानवीय सेवाका कार्यसमेत गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको

नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी

इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप