सुनसरी र मोरङमा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
गणतन्त्र खवर, धरान । सुनसरी र मोरङमा हिजो भदौ ३० गते भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ जनता चोकस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार दिउँसो मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०६० प १७६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारी एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको कोशी गाउँपालिका-३ का २३ वर्षीय जितेनकुमार मोचीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको सुनवर्षी नगरपालिका-८ हर्चनगदी पुलमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको BR 38 L 7920 नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब ८ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारत अररियाका करिब ४० वर्षीय मुना मण्डल र पछाडि सवार सुनवर्षी-८ का करिब ३५ वर्षीय दिपेश मण्डल घाइते भएका थिए ।
गम्भीर घाइते मुना मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । दिपेश मण्डलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुवै दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ ।
संविधान दिवसमा धरानमा एमाले-नेपाली कम्युनिष्ट पार्टीको संयुक्त दीप प्रज्वलन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपाली जनताको त्याग, बलिदान र संघर्षको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको
नवआगन्तुक विद्यार्थीको स्वागतमा धरान मेघा हिमालयनको भव्य सांगीतिक कार्यक्रम
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१२ मा रहेको मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी
इलाम र ओखलढुंगामा सवारी दुर्घटना, तीन जनाको मृत्यु
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । इलाम र ओखलढुंगामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका-१ साधुगाउँमा बिहीबार जिप

प्रतिकृया दिनुहोस