• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

युएन स्कुलकी सेयमी वक्तृत्वकलामा प्रथम

गणतन्त्र खवर धरान । धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन स्कुलकी एक छात्रा प्रथम भएकी छिन् । 

धरान १० स्थित युएन स्कुलकी कक्षा ७ मा अध्ययनरत छात्रा सेयमी गजमेरले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन् । उनी ​प्रथम भएसँगै नगद रू. ५ हजार र कदरपत्रसहित सम्मानित गरिएको छ ।

​स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै युएन स्कुलका विद्यार्थीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर अब्बल साबित हुँदै आएको बताए । ‘हामीले किताबी ज्ञानका साथसाथै समयसापेक्ष र युग सुहाउँदो व्यावहारिक ज्ञान तथा तालिमको व्यवस्था गर्दै आएका छौँ, जसको परिणामस्वरूप हाम्रा विद्यार्थीहरूले प्रत्येक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।’ उनले भने ।

​त्यस्तै, स्कुलकी कार्यक्रम संयोजक तथा शिक्षिका सीता सुब्बा खापुङले युएन स्कुल सहभागी हुने अधिकांश प्रतियोगिताहरूमा उपाधि जित्न सफल भएको इतिहास रहेको उल्लेख गर्दै भनिन्, ‘हाम्रा विद्यार्थीहरू कुनै पनि प्रतियोगिताबाट खाली हात फर्कनु परेको छैन । त्यसैको निरन्तरता स्वरूप सेयमीले यस पटक पनि प्रथम स्थान सुरक्षित गरेकी छिन् । यो सम्पूर्ण युएन स्कुल परिवारका लागि अत्यन्तै खुसी र गर्वको विषय हो ।’

​छात्रा सेयमी गजमेरलाई बधाई ज्ञापन गर्दै युएन स्कुल परिवारले उहाँको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा थप सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा

भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको

भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान ।  धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

↑