• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने

आज भानुचोकमा देखिएको सवारी साधनको स्ट्यान्ड ।

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको सट्टा भोली देखि नै भानुचोकदेखि धरान-८ स्थित स्मार्ट बसपार्कसम्म यात्रुलाई निःशुल्क ओसारपसार गर्न बस सेवा सञ्चालन गर्ने भएको छ ।

कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले बिहीबार ‘पिक एण्ड ड्रप’ (भानुचोकमा यात्रु चढाउने-ओराल्ने सुविधा)को निर्णयप्रति असन्तुष्ट धरान-८ का वडाध्यक्ष धनबहादुर राईसहित स्थानीयवासीसँग नगरपालिकामा भएको छलफलका क्रममा यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार भोलिदेखि भानुचोक र स्मार्ट बसपार्कबीच निःशुल्क बस सेवा सञ्चालन हुनेछ । यससँगै यातायात व्यवसायीसँग यसअघि गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति अब लागू नहुने उनले स्पष्ट पारेका छन् । 

‘भाडामा व्यवस्था गरिने नगरको गाडीले निशुल्क भानुचौक देखि बसपार्कसम्म सेवा प्रवाह गर्छ भोली विहान देखिनै ।’ ‘त्यसपछि भानुचौकमा स्ट्याण्ड लाउने, रोक्ने जस्ता कार्य हामी गर्न दिदैनौैं ।’ कार्यवहाक प्रमुख बेघाले भने । 

स्मार्ट बसपार्क सञ्चालनमा आएपछि भानुचोकबाट बसपार्कसम्म यात्रु जान र बसपार्कबाट भानुचोक फर्किन सहज यातायात नहुँदा समस्या देखिएको थियो । यही समस्यालाई समाधान गर्न यातायात व्यवसायीले भानुचोकमा यात्रु चढाउने-ओराल्ने सुविधा (पिक एण्ड ड्रप) माग गरेका थिए ।

व्यवसायीको मागलाई सम्बोधन गर्दै नगरपालिकाले हाललाई भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने सहमति गरेको थियो । तर, त्यसको विरोध गर्दै धरान-८ का स्थानीयवासीले नयाँ बसपार्कको उद्देश्य नै कमजोर हुने भन्दै विरोध जनाएका थिए ।

स्थानीयवासीको विरोधपछि नगरपालिकाले आफ्नो अघिल्लो निर्णयमा परिवर्तन गरेको हो ।

आन्दोलनका अगुवा स्थानीय सुवास श्रेष्ठले नगरपालिकाको नयाँ निर्णयलाई स्थानीयवासीको मात्र नभई समग्र धरानवासीको जितका रूपमा लिएको बताए ।

उनले स्मार्ट बसपार्क धरानका सबै नागरिकका लागि बनेको भन्दै नगरपालिकाले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने बताए । निर्णय कार्यान्वयन नभए स्थानीयवासी आफैं लागेर कार्यान्वयन गराउन तयार रहेको उनको भनाइ छ ।

यसअघि बिहीबार बिहान धरान-८ का स्थानीयवासीले बस मजदुरसँग विवाद गर्दै धरानबाहिर जान लागेका बसलाई भानुचोकतर्फ जान नदिने प्रयास गरेका थिए । त्यसपछि विषय थप विवादित बनेको थियो ।

हिजो यातायात व्यवसायी तथा स्थानियहरुसंग भएको नगरको छलफल 

हिजो के भएको थियो ? 

यसअघि नगरपालिकाले यातायात व्यवसायीसँग गरेको सहमतिअनुसार इटहरीतर्फबाट धरान आउने यात्रुवाहक बसले स्मार्ट बसपार्कमा यात्रु ओरालेपछि भानुचोक जान चाहने यात्रुलाई भानुचोकसम्म ल्याउन पाउने व्यवस्था गरिएको थियो ।

भानुचोकमा एकैपटक दुईवटाभन्दा बढी सवारी रोक्न नपाउने र पार्किङ गर्न नपाउने सहमति थियो । त्यस्तै, भानुचोक र स्मार्ट बसपार्कबीच यात्रुलाई निःशुल्क आवतजावत गराउने व्यवस्था पनि सहमतिमा उल्लेख थियो ।

तर, धरान-८ का स्थानीयवासीले भानुचोकमा पुनः बस रोक्न दिँदा नयाँ बसपार्कको उद्देश्य कमजोर हुने भन्दै त्यसको विरोध गरेका थिए ।

विवाद समाधान गर्न नगरपालिकाले सुरुमा १० देखि १५ दिनभित्र भानुचोकदेखि स्मार्ट बसपार्कसम्म दुईवटा बस वा ईभी सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने बताएको थियो ।

तर, त्यसको भोलिपल्टै भएको छलफलमा नगरपालिकाले अझ स्पष्ट निर्णय गर्दै भानुचोकमा ‘पिक एण्ड ड्रप’ नदिने र भानुचोक-स्मार्ट बसपार्क निःशुल्क बस सेवा तत्काल सञ्चालन गर्ने घोषणा गरेको हो ।

यससँगै नयाँ स्मार्ट बसपार्क सञ्चालनपछि देखिएको मुख्य समस्या भानुचोकबाट बसपार्कसम्म यात्रुको सहज पहुँचलाई सार्वजनिक यातायातमार्फत सम्बोधन गर्ने प्रयास थालिएको छ ।

 

प्रतिकृया दिनुहोस

यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा

भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान ।  धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

यु एन नवोदय कलेजकी छात्रा युमी राईलाई इन्डो-नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान

# गणतन्त्र खबर

गणतन्त्र खवर, ​धरान । मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो-नेपाल तेक्वान्दो च्याम्पियनसिप-२०८३’ मा धरान-१६ स्थित यु एन नवोदय कलेजकी

↑