यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित
गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि सम्मान गरेको छ ।
धरान-१५ स्थित चुमलुङ हिम कलेजमा आयोजित ‘वेलकम एन्ड फेलिसिटेसन प्रोग्राम-२०८३’ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर व्यवस्थापन र होटल म्यानेजमेन्टतर्फ कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो । बीएचएमका नयाँ विद्यार्थीलाई समेत कार्यक्रममा विशेष स्वागत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । नयाँ विद्यार्थीलाई सम्बन्धित संकायका शिक्षक तथा संयोजकहरूले स्वागत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता यु एन नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए । धरान उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए । कलेजका क्याम्पस प्रमुख तथा नवोदय माविका प्रिन्सिपल डम्बरकुमार तुम्बापो विशेष अतिथिका रूपमा उपस्थित थिए ।
प्रमुख अतिथि खड्काले विद्यार्थीले पढाइसँगै अनुशासन, सिर्जनशीलता र अतिरिक्त गतिविधिमा पनि ध्यान दिनुपर्ने बताए । उनले आफ्नो क्षमता पहिचान गरी निरन्तर मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए ।
कलेजका क्याम्पस प्रमुख तुम्बापोले विद्यार्थीको पढाइसँगै उनीहरूको प्रतिभा र क्षमता विकासमा कलेजले प्राथमिकता दिँदै आएको बताए । उनले कलेजबाट प्राप्त हुने अवसरको सही उपयोग गरी आफ्नो क्षमता विकास गर्न विद्यार्थीलाई आग्रह गरे ।
विभिन्न विधाका उत्कृष्ट विद्यार्थी सम्मानित
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सफलता प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक जितेका प्रमोद राई, एसईई स्पिच आइडल-२०२६ की विजेता सिम्रन गुरुङ, एसईई सिङ्गिङ आइडल-२०२६ की विजेता बाबी श्रेष्ठ, एसईई डान्सिङ आइडल-२०२६ की प्रथम उपविजेता महिमा लिम्बू र तेक्वान्दोकी स्वर्ण पदक विजेता युमी राई सम्मानित भए ।
त्यस्तै, एसईई डान्सिङ आइडल-२०२६ की तेस्रो उपविजेता स्मारिका लिम्बू, स्कोन धरानले आयोजना गरेको वक्तृत्व प्रतियोगिताकी विजेता रेदिमा भुजेल तथा एसईई डान्सिङ आइडल-२०२६ को पब्लिक च्वाइस अवार्ड जितेकी रुची लिम्बूलाई पनि सम्मान गरिएको थियो ।
कक्षा १२ को परीक्षामा विभिन्न संकायबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको कलेजले जनाएको छ । विज्ञानतर्फ प्रशान्त श्रेष्ठ, कम्प्युटर व्यवस्थापनतर्फ रेशिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र व्यवस्थापनतर्फ बेबिका चौधरी सम्मानित भए ।
यसैगरी, त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । आठौँ सेमेस्टरमा ३.७२ जीपीएसहित सन्ध्या थेगिम धरान टपर बनेकी छन् । तेस्रो सेमेस्टरमा ३.८४ जीपीएसहित अलिश राई धरान प्रथम भएका छन् । पहिलो सेमेस्टरमा ३.७७ जीपीएसहित मनोज राई सुनसरी जिल्ला टपर बनेका छन् ।
कार्यक्रममा एसईई सिङ्गिङ आइडलकी विजेता खिना राना मगर, बाबी श्रेष्ठलगायतले गीत प्रस्तुत गरेका थिए ।
भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको
भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने
यु एन नवोदय कलेजकी छात्रा युमी राईलाई इन्डो-नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो-नेपाल तेक्वान्दो च्याम्पियनसिप-२०८३’ मा धरान-१६ स्थित यु एन नवोदय कलेजकी

प्रतिकृया दिनुहोस