माग सम्बोधन भएपछि धरान बाल सञ्जालको आन्दोलन स्थगित
गणतन्त्र खवर, धरान । शिक्षक तथा कर्मचारीको अभावलगायत शैक्षिक विषयमा माग राख्दै आन्दोलनमा रहेको धरान नगर बाल सञ्जालले आफ्ना माग सम्बोधन भएपछि आन्दोलन तथा दबाबमूलक कार्यक्रम स्थगित गरेको छ । उनीहरुले आज धरान नगरका कार्यवहाक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा प्रेस विज्ञप्ति जाहेर गर्दै सो जानकारी गरएका हुन् ।
धरान-६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक अभावलगायत विद्यार्थीका शैक्षिक समस्या समाधानको माग गर्दै बाल सञ्जालको नेतृत्वमा केही समयदेखि आन्दोलन हुँदै आएको थियो । आन्दोलनका क्रममा दुवै विद्यालयका विद्यार्थीले धरान उपमहानगरपालिकामा तालाबन्दीसमेत गरेका थिए ।
आन्दोलन चर्किँदै जाँदा उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, शिक्षा महाशाखा तथा वडा नं. ६ र ११ का कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । आन्दोलनकै क्रममा आमरण अनशन बसेका बाल सञ्जालका पूर्वअध्यक्ष रोजन शंकरले फिनेल सेवन गरेपछि अस्पताल भर्ना भएका थिए ।
त्यसपछि धरान उपमहानगरपालिकामा सर्वदलीय छलफल भएको थियो । छलफलपछि कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले विद्यार्थीले उठाएका मुख्य मागमा नगरपालिकाले प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका थिए । उनले उपचारमा रहेका विद्यार्थीको उपचार खर्च नगरपालिकाले बेहोर्ने पनि बताएका थिए ।
अहिले धरान-६ स्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिका लागि परीक्षा सम्पन्न भई शिक्षक नियुक्ति भइसकेको बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले बताए । यस्तै, धरान-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि परीक्षा सञ्चालन भइरहेको बताए ।
नगरपालिकाले विद्यार्थीका मागमा आवश्यक पहल, समन्वय र सहजीकरण गरी माग सम्बोधन गरिसकेको भन्दै बाल सञ्जालले आन्दोलन स्थगित गरेको हो ।
बाल सञ्जालले आन्दोलनका क्रममा सहयोग गर्ने धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महाशाखा, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, सम्बन्धित विद्यालय प्रशासन, शिक्षक, अभिभावक, सञ्चारकर्मी तथा अन्य सरोकारवालालाई धन्यवाद दिएको छ ।
आन्दोलनका क्रममा स्वास्थ्यमा समस्या आएका रोजन शंकरको स्वास्थ्यमा सुधार भइरहेको पनि बाल सञ्जालका अध्यक्ष विश्वकर्माले जनाए । बाल सञ्जालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विद्यार्थीले उठाएका माग जायज : कार्यवाहक नगर प्रमुख बेघा
बाल सञ्जालले विज्ञप्ति हस्तान्तरण गरेपछि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले विद्यार्थीले उठाएका माग जायज रहेको बताएका छन् ।
उनले आन्दोलन केही लम्बिनुमा आपसी बुझाइमा समस्या र समयमै भेटघाट हुन नसक्नु पनि कारण रहेको बताए । सुरुमा नै छलफल गरेर विषय टुंग्याउने प्रयास भए पनि विभिन्न कारणले तत्काल सहमति हुन नसकेको उनको भनाइ थियो ।
अहिले भने विद्यार्थी र उपमहानगरपालिकाबीच समन्वय तथा सहकार्यबाट विषय टुंगोमा पुगेको उनले बताए । 'अब हामीले तपाईंहरूसँग गरेको सहमति र निर्णय कार्यान्वयन गर्न तयार छौँ,’ बेघाले भने ।
उनले आन्दोलनका क्रममा विषयलाई निष्कर्षमा पुर्याउन सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महाशाखा, सामाजिक विकास महाशाखा, धरानका राजनीतिक दल तथा सञ्चारकर्मीलाई धन्यवाद दिए ।
विद्यार्थीको आवाजलाई नेतृत्व गरेर शान्तिपूर्ण रूपमा विषय टुंगोमा पुर्याएको भन्दै उनले बाल सञ्जालका अध्यक्ष तथा पदाधिकारीलाई पनि धन्यवाद र शुभकामना दिए ।
बेघाले आन्दोलनका क्रममा बिरामी भएका विद्यार्थीको स्वास्थ्यलाभको कामना गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रोजन शंकरको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
शिक्षक नियुक्तिको मागबाट सुरु भएको विद्यार्थी आन्दोलन पछिल्लो समय तालाबन्दी, आमरण अनशन र फिनेल सेवनको घटनासम्म पुगेको थियो । सर्वदलीय छलफलपछि नगरपालिकाले माग सम्बोधनका लागि प्रक्रिया अघि बढाएपछि अहिले आन्दोलन स्थगित भएको हो ।
बाल सञ्जालले पनि आन्दोलनको उद्देश्य पूरा भएको भन्दै आगामी दिनमा विद्यार्थीका शैक्षिक अधिकार र विद्यालय सुधारका विषयमा सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ ।
यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा
भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको
भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

प्रतिकृया दिनुहोस