• १८ असोज २०८३ आइतबार/ Sunday 10-04-2026

अनशन तोड्दै शंकरले भने, ‘इगो र दबाबका कारण यस्तो कदम चाल्न बाध्य भएँ’

गणतन्त्र खवर, धरान । शिक्षक तथा कर्मचारीको अभावलगायत शैक्षिक विषयमा विभिन्न माग राख्दै आन्दोलनमा रहेको धरान नगर बाल सञ्जालका अगुवा रोजन शंकरले आफ्नो अनशन तोडेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत शंकरलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले जुस खुवाएपछि अनशन तोडिएको हो । 

आमरण अनशनका क्रममा फिनेल सेवन गरी शंकर प्रतिष्ठानमा उपचार गर्दै अनसनमै थिए । अनशन तोड्ने क्रममा शंकरले आन्दोलनका क्रममा आफूबाट धेरै त्रुटि भएको स्वीकार गरे । विशेषगरी अन्तिम निर्णय आफूले गलत गरेको उनको भनाइ थियो ।

‘भोलिका दिनमा यस्तो कुरा नहोस्’ भन्दै उनले माग सम्बोधन भइसकेपछि पनि आफूले कदम चाल्नुको पछाडि केही कारण रहेको बताए । उनले आफ्नै इगो र आन्दोलनभित्रको दबाबका कारण आफू त्यस्तो कदम चाल्न बाध्य भएको स्वीकार गरे ।

‘हाम्रो अन्तिम जुन निर्णय थियो, त्यो निर्णय चाहिँ मैले एकदमै गलत गरेँ जस्तो लाग्छ ।’ शंकरले भने । आफूले त्यस्तो निर्णय लिनुको पछाडि बाहिरी दबाब नभएको संकेत गर्दै आन्दोलनभित्रैको दबाब र व्यक्तिगत इगोको भूमिका रहेको उनले बताए ।

पत्रकारहरूले दबाब कसको थियो भनेर प्रश्न गर्दा उनले बाहिरबाट आएको दबाब नभई आन्दोलनभित्रैको दबाब भएको बताए । तर त्यसबारे थप खुलाउन भने उनले अस्वीकार गरे ।

शंकरले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर अहिले विवादलाई अगाडि नबढाउने बताएका छन् । उनले विद्यार्थीहरूले पढ्न पाउने विषयमा आफूहरूले राखेका माग सम्बोधन गरिदिएको भन्दै कार्यवाहक नगर प्रमुख बेघालाई धन्यवादसमेत दिए ।

फिनेल कसरी आयो भन्ने प्रश्नमा शंकर मौन

पत्रकारहरूले आन्दोलनका क्रममा फिनेल तेस्रो व्यक्तिबाट आएको भन्ने विषयमा प्रश्न गरेका थिए । त्यसमा शंकरले आफूले अघि नै दबाबका कारण त्यस्तो कदम चाल्न बाध्य भएको बताइसकेको भन्दै थप विवरण खुलाएनन् ।

‘दबाब चाहिँ कसको आएको थियो ?’ भन्ने प्रश्नमा उनले बाहिरी दबाब नभएको र आफूहरूबीचमै दबाब रहेको बताए ।

पत्रकारहरूले घटनाको थप विवरण सार्वजनिक गर्न आग्रह गरे पनि शंकरले अहिले आफ्नो उपचार भइरहेको र पछि यसबारे कुरा गर्ने बताए ।

माग पूरा भइसकेपछि चालिएका पछिल्ला कदम गलत भएको बेघाको भनाई 

कार्यवाहक नगर प्रमुख बेघाले जायज मागहरू नगरपालिकाले सम्बोधन गरिसके पछि पनि केही विषयलाई थप तन्काउन खोजिएको प्रति दुख व्यक्त गरे । उनले माग पूरा भइसकेपछि चालिएका पछिल्ला कदम गलत भएको र शंकरले समेत आफ्नो निर्णय गलत भएको स्वीकार गरिसकेको बताए ।

बेघाले यस्तो घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताए । सही विषयलाई समर्थन गर्नुपर्ने र गलत विषयको विरोध गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘एकले अर्कालाई सहयोग गरौँ । गलत छ भने अगाडि आलोचना गरौँ । र गलत गरेको कुरालाई तिकडमबाजीबाट कसैलाई मोहरा बनाएर प्रयोग गरेर चाहिँ आफ्नो अभिष्ट पूरा गर्ने काम कसैले पनि गर्नुहुँदैन ।’

उनले बालबालिकालाई अगाडि सारेर वा मोहरा बनाएर आफ्नो स्वार्थ पूरा गर्ने तथा पर्दापछाडि बसेर कसैका विरुद्ध गोटी चाल्ने काम गर्न नहुने बताए ।

यससँगै शंकरको अनशन भने अस्पतालमै जुस खुवाएर औपचारिक रूपमा अन्त्य गरिएको छ । शंकरले आफ्नो निर्णयलाई गलत मानेका छन् भने माग सम्बोधन भइसकेको अवस्थामा अब विद्यार्थीहरूको भविष्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा

भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको

भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान ।  धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

↑