यु एन नवोदय कलेजकी छात्रा युमी राईलाई इन्डो-नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान
गणतन्त्र खवर, धरान । मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो-नेपाल तेक्वान्दो च्याम्पियनसिप-२०८३’ मा धरान-१६ स्थित यु एन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन् ।
कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढाइका साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए ।
त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजमा अनुशासित शैक्षिक वातावरणका साथै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसार विभिन्न विधामा प्रोत्साहन र सहयोग पुर्याउँदै आएकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विद्यार्थीहरूले सफलता हासिल गर्न सफल भएको धारणा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जितेर कलेज र देशकै नाम उच्च राख्न सफल भएकी छात्रा युमी राईलाई यु एन नवोदय कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा
भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको
भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने
# गणतन्त्र खबर
गणतन्त्र खबर, धरान । धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

प्रतिकृया दिनुहोस