• १९ असोज २०८३ सोमबार/ Monday 10-05-2026

आमश उपचार केन्द्रलाई सहयोग गर्ने राज्यमन्त्री परियारको प्रतिबद्धता

गणतन्त्र खवर, धरान । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले सुनसरीको धरान-१४ मा रहेको आमश उपचार केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

हेभेन्ली निभाणा पाथ सुनसरीद्वारा सञ्चालित आमश उपचार केन्द्रमा आयोजित भेटघाट, सम्मान तथा अनुगमन कार्यक्रममा बोल्दै राज्यमन्त्री परियारले केन्द्रले समाजमा स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेको कामको प्रशंसा गरिन् ।

उनले आमश उपचार केन्द्रले आध्यात्मिक ढङ्गबाट मानिसलाई सेवा दिइरहेको बताइन् । यस्तो सेवा राज्यको विधि-विधानमा पूर्ण रूपमा समेटिएको नदेखिए पनि यसको मुख्य उद्देश्य मानिसलाई सेवा दिनु र स्वस्थ बनाउन सहयोग गर्नु रहेको आफूले बुझेको उनले बताइन् ।

राज्यमन्त्री परियारले केन्द्रले गरिरहेको काम समाज सेवाको महत्वपूर्ण काम भएको बताउँदै कोशी प्रदेश सरकार र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिइन् । आगामी दिनमा पनि केन्द्रले आफ्नो सेवा अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले केन्द्रलाई आवश्यक पर्ने साथ, सहयोग र समर्थनका विषयमा सम्बन्धित मन्त्रीसँग छलफल गर्ने बताइन् । बजेट आइसकेको अवस्थामा पनि अत्यावश्यक र जनताको प्राथमिकतामा रहेका छुटेका योजनालाई मिलाउने प्रयास भइरहेको उनले जानकारी दिइन् ।

आमश उपचार केन्द्रको सेवा प्रवाहमा सहयोग पुग्ने गरी सरकारले सक्दो सहयोग गर्ने राज्यमन्त्री परियारले बताइन् । केन्द्रले राज्यको ध्यान नपुगेको क्षेत्रबारे सरकारलाई जानकारी गराएको भन्दै उनले त्यसलाई सकारात्मक कामका रूपमा लिइन् ।

राज्यमन्त्री परियारले सबैको साथ र सहयोगबाट केन्द्रले आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा दिन सक्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको अन्त्यमा उनले आफू सरकारको प्रतिनिधिका रूपमा केन्द्रलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मानव सेवाका लागि राज्यको सहयोग आवश्यकः शंखधन राई

कार्यक्रममा हेभेन्ली निभाणा पाथ सुनसरीका सल्लाहकार शंखधन राईले केन्द्रमा आर्थिक स्रोतको अभाव रहेको बताए । केन्द्रको भवन र बाटोको अवस्था कमजोर रहेको तथा बिरामी र सेवा लिन आउने व्यक्तिलाई आवश्यक सुविधा दिन कठिन भइरहेको उनले बताए ।

राईले जाडोमा चिसो र गर्मीमा गर्मी हुने अवस्था रहेको बताउँदै केन्द्रको सेवा व्यवस्थित बनाउन स्थानीय तथा प्रदेश सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरिएको बताए ।

उनले केन्द्रले मानव सेवा र मानव एकताको भावनालाई अघि बढाउँदै विभिन्न दुःखित तथा पीडित व्यक्तिलाई सेवा दिइरहेको जानकारी दिए । मानव सेवा निरन्तर अघि बढाउन राज्यको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

हेभेन्ली निभाणा पाथ सुनसरी अध्यक्ष चन्द्र बहादुर राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्ला समन्वय समति सदस्य शेष कुमारी घिमिरे, धरान १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, १५ नं वडाका अध्यक्ष नरेश ईवाराम, ३ नं. वडाका कार्यवहाक अध्यक्ष उषा सुब्बा, ३ नं. वडा सदस्य मिग्मा भोटे, पत्रकार तथा सञ्चारकर्मीको समेत उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस

यु एन नवोदयमा नयाँ विद्यार्थीलाई स्वागत, विभिन्न विधाका प्रतिभा सम्मानित

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले अध्ययनसँगै विभिन्न क्षेत्रमा

भोलिदेखि भानुचोक-स्मार्ट बसपार्कसम्म निःशुल्क बस चलाइने, ‘पिक एण्ड ड्रप’ नदिने

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिकाले भानुचोकमा यातायात व्यवसायीसँग गरिएको ‘पिक एण्ड ड्रप’ सम्बन्धी सहमति कार्यान्वयन नगर्ने भएको छ । यसको

भानुचोकमा ‘पिक एण्ड ड्रप’ दिने निर्णयप्रति स्थानीय असन्तुष्ट, नगरले १५ दिनभित्र बस/ईभी चलाउने

# गणतन्त्र खबर

गणतन्त्र खबर, धरान ।  धरानको नयाँ स्मार्ट बसपार्क सञ्चालनमा आएको अढाई महिनामै भानुचोकमा यात्रु चढाउने-ओराल्ने व्यवस्था (पिक एण्ड ड्रप) दिने

↑