सुरेन्द्र लिम्बुको नेतृत्वमा चुनावी मैदानमा उत्रिने नेपाली कम्युनिष्ट पार्टी धरान-५ को घोषणा
गणतन्त्र खवर, धरान । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि धरानमा राजनीतिक दलहरूको गतिविधि विस्तारै बढ्न थालेको छ । दसैँ, तिहारलगायतका चाडपर्वसँगै दलहरूले संगठन विस्तार, जनतासँगको भेटघाट र आफ्ना योजना सार्वजनिक गर्न थालेका छन् । यही क्रममा नेपाली कम्युनिष्ट पार्टी धरान-५ नं. वडा समितिले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने घोषणा गरेको छ ।
पार्टीले आईतबार चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै पार्टी जिल्ला सदस्य तथा वडा समिति संयोजक सुरेन्द्र लिम्बु (पालुङवा) को नेतृत्वमा निर्वाचनमा सहभागी हुने घोषणा गरेको हो । पार्टीले धरान-५ को विकास र वडावासीका समस्या समाधानलाई मुख्य लक्ष्य बनाउँदै आगामी कार्ययोजनासमेत सार्वजनिक गरेको छ ।
स्थानीय र प्रदेश तहको निर्वाचन आगामी फागुनको अन्त्य वा चैतको पहिलो सातातिर हुन सक्ने चर्चा भइरहेका बेला राजनीतिक दलहरू स्थानीय तहमा सक्रिय हुन थालेका छन् । तर, निर्वाचन आयोगले निर्वाचनको औपचारिक मिति घोषणा नगरेसम्म उक्त समयलाई निश्चित निर्वाचन मिति मान्न सकिँदैन ।
धरानमा नेपाली कम्युनिष्ट पार्टीसँगै अन्य दलका गतिविधि पनि चर्चामा छन् । धरानबाटै स्थापना भएको श्रमसंस्कृति पार्टीले आगामी नगर प्रमुखको लागि धन बहादुर राईलाई यस अघि नै घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियानकै क्रममा आज धरानमा कार्यक्र गरिरहेको जानकारीमा आएको छ ।
यसरी विभिन्न दलका गतिविधि बढ्दै जाँदा धरानमा आगामी निर्वाचनलाई लिएर राजनीतिक चासो बढ्न थालेको छ ।
कार्यक्रममा कोशी प्रदेशकी भौतिक तथा योजना राज्यमन्त्री सपना परिवार प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । धरानका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मुक्सुहाङ मेन्याङ्बो, केन्द्रीय सदस्य उमिता विश्वकर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विकास निर्माण र सुकुम्बासी समस्यालाई प्राथमिकता
नेपाली कम्युनिष्ट पार्टी धरान-५ वडा समितिले सार्वजनिक गरेको कार्ययोजनामा सडक, पुल, खानेपानी, तटबन्धन, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रका विषय समेटिएका छन् । वडाका दीर्घकालीन तथा तत्कालीन आवश्यकता पहिचान गरी विकास निर्माणका काम अघि बढाउन संघीय, प्रदेश र स्थानीय सरकारसँग पहल गर्ने पार्टीको योजना छ ।
वडामा रहेका अव्यवस्थित बसोबासी तथा सुकुम्बासी परिवारको घरजग्गा सुरक्षा र संरक्षणका लागि पहल गर्ने तथा जग्गाधनी पुर्जा वितरणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
पार्टीले टोल कमिटी पुनर्गठन, सदस्यता नवीकरण तथा वितरण, जनवर्गीय संगठनको भेला र पार्टीका विचार तथा कार्यक्रम जनतामाझ पुर्याउने योजनासमेत अघि सारेको छ ।
पार्टीका अनुसार धरान-५ मा सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी योजनाको सुधार, सिँचाइ, विद्यालय भवन, स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको विकासमा थप काम गर्न आवश्यक छ । वडालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकाससँगै सुरक्षित तथा समृद्ध बनाउने लक्ष्य पार्टीले लिएको छ ।
‘देश खोजिरहेछु’सँगै अनाम रंगमञ्चको पुनरागमन
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरानमा विसं २०४४ साल चैत २२ गते स्थापना भएको अनाम नाट्य जमात फेरि अनाम रंगमञ्चका रूपमा सक्रिय भएको छ । लामो समयपछि रंगमञ्चमा
प्रहरी दिवसको पूर्वसन्ध्यामा विजयपुरमा सरसफाइ
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । ७१ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरी प्रदेश कार्यालय धरानले धरान १४ स्थित विजयपुर गढीमा रहेको पञ्चकन्या मन्दिर
विश्व हुलाक दिवसमा सुनसरी हुलाकद्वारा सरस्वती बालआश्रमलाई सहयोग
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । १५२औ विश्व हुलाक दिवसको अवसरमा सुनसरी जिल्ला हुलाक कार्यालय धरानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै धरान-३ स्थित सरस्वती

प्रतिकृया दिनुहोस