‘देश खोजिरहेछु’सँगै अनाम रंगमञ्चको पुनरागमन
गणतन्त्र खवर, धरान । धरानमा विसं २०४४ साल चैत २२ गते स्थापना भएको अनाम नाट्य जमात फेरि अनाम रंगमञ्चका रूपमा सक्रिय भएको छ । लामो समयपछि रंगमञ्चमा फर्किएको अनामले ‘देश खोजिरहेछु’ नाटकमार्फत समाजका समसामयिक विषयलाई उठाउने तयारी गरेको छ ।
अनाम रंगमञ्चले यही असोज २८ गते बुधबार ‘देश खोजिरहेछु’ नाटक मञ्चन गर्ने भएको हो । नाटकबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै रंगमञ्चले समाजका समसामयिक विषयलाई नाटकका माध्यमबाट प्रस्तुत गर्ने जनाएको छ । नाटक हरियाली सामुदायिक भवनमा मञ्चन हुनेछ । दैनिक ४ बजे एक सो माात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
समाजलाई आफ्नै अवस्थाबारे सोच्न प्रेरित गर्ने र नागरिकलाई अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले काम गर्दै आएको अनाम अब अनाम रंगमञ्चका रूपमा पुनः सक्रिय भएको अनाम रंगमञ्चका अध्यक्ष विजय संयोक सुब्बा बताए ।
याक्थुङ चलचित्रकर्मी संघ, नेपालको सहकार्यमा तयार भएको ‘देश खोजिरहेछु’ नाटक विजय संयोक सुब्बाको लेखन तथा निर्देशनमा मञ्चन हुन लागेको हो । नाटकमा किसानका समस्या, युवाका अधुरा सपना, बेरोजगारी, वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाको पीडा, सेवाग्राहीले भोग्नुपर्ने सास्ती, कर्मचारीतन्त्रका जटिलता र नेतृत्वप्रतिको नागरिक असन्तुष्टिलाई प्रस्तुत गरिएको अध्यक्ष सुब्बाले जानकारी दिएका छन् ।
त्यसैगरी, समाजमा देखिएका विकृति र विसंगतिलाई समेत नाटकले उठान गर्नेछ । नाटकले कुनै व्यक्ति वा पक्षलाई दोषी ठहर गर्नुभन्दा पनि समाजमा रहेका समस्याबारे प्रश्न उठाउने र दर्शकलाई सोच्न प्रेरित गर्ने उद्देश्य राखेको निर्देशक सुब्बाले बताए ।
नाटकमा शारदा शाक्य, कुलचन्द्र नेउपाने, कृष्ण तिम्सिना, सुजाता राई, स्वच्छता योगी र सत्कर्म योगीले अभिनय गर्नेछन् ।
अनाम रंगमञ्चको पुनरागमन केवल नाटक मञ्चनमा सीमित नभई नयाँ पुस्तालाई रंगकर्मसँग जोड्ने र समाजका समसामयिक विषयमा सिर्जनात्मक बहस सुरु गर्ने प्रयाससमेत भएको आयोजकको भनाइ छ । मनोरञ्जनका विभिन्न माध्यम विकसित भइरहेका बेला पनि कलाकार र दर्शकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने रंगमञ्चको महत्व कायमै रहेको उनीहरूको विश्वास छ ।
समाजमा अझै पनि नागरिकका समस्या, युवाका अधुरा सपना र किसानका गुनासा बाँकी रहेकाले रंगमञ्चमार्फत ती विषय उठाउन आवश्यक रहेको आयोजकले जनाएको छ । ‘देश खोजिरहेछु’ले सबै प्रश्नको उत्तर नदिए पनि दर्शकमा नयाँ प्रश्न र सोच जन्माउने अपेक्षा गरिएको छ ।
फेरि पनि अनाम रंगमञ्चले आफ्नो पुनरागमनलाई समाजसँग संवाद गर्ने र नागरिकका आवाजलाई कलामार्फत प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ ।
सुरेन्द्र लिम्बुको नेतृत्वमा चुनावी मैदानमा उत्रिने नेपाली कम्युनिष्ट पार्टी धरान-५ को घोषणा
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि धरानमा राजनीतिक दलहरूको गतिविधि विस्तारै बढ्न थालेको छ । दसैँ,
प्रहरी दिवसको पूर्वसन्ध्यामा विजयपुरमा सरसफाइ
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । ७१ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरी प्रदेश कार्यालय धरानले धरान १४ स्थित विजयपुर गढीमा रहेको पञ्चकन्या मन्दिर
विश्व हुलाक दिवसमा सुनसरी हुलाकद्वारा सरस्वती बालआश्रमलाई सहयोग
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । १५२औ विश्व हुलाक दिवसको अवसरमा सुनसरी जिल्ला हुलाक कार्यालय धरानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै धरान-३ स्थित सरस्वती

प्रतिकृया दिनुहोस