• २७ असोज २०८३ मंगलबार/ Tuesday 10-13-2026

वीपी प्रतिष्ठान धरानमा ल्याब रिपोर्ट निकाल्न अब लाइन बस्नु नपर्ने

गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामीलाई सहज सेवा दिन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । यससँगै प्रयोगशालाको रिपोर्ट लिन लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।

प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको मेसिनको सोमबार प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

नयाँ मेसिनबाट रिपोर्ट निकाल्न पनि सजिलो छ । बिरामीले ल्याब परीक्षण गराउँदा पाएको बिलमा रहेको बारकोड मेसिनमा स्क्यान गर्नुपर्छ । त्यसपछि केही सेकेन्डमै रिपोर्ट प्रिन्ट भएर निस्कन्छ ।

यसअघि ल्याबको रिपोर्ट लिन बिरामी र उनीहरूका आफन्त लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था थियो । बिरामीको चाप बढी हुँदा रिपोर्ट वितरण गर्ने काउन्टरमा भीड हुने र कर्मचारीलाई समेत रिपोर्ट खोज्न तथा वितरण गर्न समस्या हुने गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले बिरामीलाई छिटो, छरितो र सहज स्वास्थ्य सेवा दिने उद्देश्यले मेसिन सञ्चालनमा ल्याइएको बताएका छन् । अब मेसिन सञ्चालनमा आएपछि रिपोर्ट लिन लाग्ने समय घट्ने, भीड कम हुने र रिपोर्ट वितरणमा हुने गल्तीसमेत कम हुने उनको भनाई छ । 

प्रतिष्ठानले अस्पताललाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रविधिको प्रयोगलाई अघि बढाएको जनाएको छ । यो सेवाले दैनिक उपचारका लागि आउने हजारौँ बिरामी वा उनीहरुको आफन्तलाई लाई सहज हुने विश्वास प्रतिष्ठानले लिएको छ ।

 

प्रतिकृया दिनुहोस

‘देश खोजिरहेछु’सँगै अनाम रंगमञ्चको पुनरागमन

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरानमा विसं २०४४ साल चैत २२ गते स्थापना भएको अनाम नाट्य जमात फेरि अनाम रंगमञ्चका रूपमा सक्रिय भएको छ । लामो समयपछि रंगमञ्चमा

सुरेन्द्र लिम्बुको नेतृत्वमा चुनावी मैदानमा उत्रिने नेपाली कम्युनिष्ट पार्टी धरान-५ को घोषणा

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । आगामी स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि धरानमा राजनीतिक दलहरूको गतिविधि विस्तारै बढ्न थालेको छ । दसैँ,

प्रहरी दिवसको पूर्वसन्ध्यामा विजयपुरमा सरसफाइ

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । ७१ औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरी प्रदेश कार्यालय धरानले धरान १४ स्थित विजयपुर गढीमा रहेको पञ्चकन्या मन्दिर

↑