धरानमा ‘तेश्रो महिला नकआउट रनिङकप फुटबल’ मंसिर २६ देखि हुने
दोस्रो संस्करणको आय-व्यय सार्वजनिक
गणतन्त्र खवर, धरान । खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महिला खेलाडीलाई फुटबलमार्फत अघि बढाउने उद्देश्यसहित सञ्चालन गरिँदै आएको वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिताको तेश्रो संस्करण आयोजना हुने भएको छ ।
जनपथ जागरण समाज धरान-१६ को आयोजना तथा धरान उपमहानगरपालिका वडा नं. १६ कार्यालयको संयोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म धरान-१६ स्थित रंगशालामा सञ्चालन हुनेछ ।
समाजले २०८१ सालदेखि धरान वडा स्तरीय महिला नकआउट रनिङकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगितामार्फत स्थानीय तहमा महिला फुटबल खेलाडी उत्पादन गर्ने, उनीहरूको खेलकौशल विकास गर्ने र क्रमशः जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन के.सी.ले बताएका छन् । यस वर्ष १२ वटा वडाले सहभागिता जनाउने भएका छन् ।
विजेतालाई ९० हजार र उपविजेतालाई ४५ हजार
आयोजक संस्थाका अध्यक्ष के.सी.का अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ९० हजार नगद सहित आकर्षक रनिङ शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार नगद रु ४५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूका लागि रु ५० हजार तथा सम्पूर्ण प्रतियोगिताभरका ‘प्लेयर अफ द म्याच’ का लागि रु ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि आयोजकले १२ लाख ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
दोस्रो संस्करणको आय-व्यय सार्वजनिक, ६ लाख बढी बचत
तेस्रो संस्करणको तयारीमा जुटेको जनपथ जागरण समाजले दोस्रो संस्करणको प्रतियोगिताको आय-व्यय विवरण समेत सार्वजनिक गरेको छ ।
अघिल्लो वर्षको ९४ हजार ६ सय ९६ बैंक मौज्दातसहित संस्थासँग कुल १४ लाख ७० हजार ५१० रुपैयाँ उपलब्ध रहेको संस्थाका अध्यक्ष केसीले बताए ।
उनका अनुसार उक्त रकममध्ये दोस्रो महिला फुटबल प्रतियोगिताको आयोजना तथा समापनका लागि ७ लाख ५ हजार ४२६ रुपैयाँ खर्च भएको छ । संस्थाले सञ्चालन गरेका विभिन्न सामाजिक गतिविधि तथा अन्य कार्यक्रमका लागि १ लाख ८ हजार २१० रुपैयाँ खर्च भएको छ ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमका लागि १३ हजार २१० रुपैयाँ खर्च गरेको छ ।
यी सबै खर्च कटाएर आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म संस्थाको बैंक खातामा ६ लाख ४३ हजार ६६४ रुपैयाँ मौज्दात रहेको अध्यक्ष केसीले जनाए ।
जनपथ जागरण समाजले महिला फुटबलको विकाससँगै सामाजिक क्षेत्रमा पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम, रक्तदान, विपन्न तथा न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहयोग तथा पछाडि परेका परिवारलाई राहत वितरणजस्ता कार्य संस्थाले गर्दै आएको जनाएको छ ।
बिराट सुपर लिगको उपाधि बिराट र्याप्टर्सको पोल्टामा
# खेलकुद
गणतन्त्र खवर, धरान । बिराट सुपर लिगको उपाधि बिराट र्याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्याप्टर्सले रोमाञ्चक फाइनलमा
२१औँ ललित-अम्बर डिपो कप पुस १ देखि, पुरस्कार राशि बृद्धि
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानमा आयोजना हुँदै आएको ललित-अम्बर डिपो कप फुटबल प्रतियोगिताको २१औँ संस्करण आगामी पुस १ गतेदेखि सुरु हुने भएको छ ।
दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

प्रतिकृया दिनुहोस