युएन कलेज अध्ययनरत युमी राईलाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक
गणतन्त्र खवर, धरान । धरान १६ मा रहेको युएन नवोदय कलेज कक्षा ११ मा अध्ययनरत युमी राईले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।
चितवन तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम सौराहा ओपनिङ इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप-२०२६’ मा युमीले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन् ।
उनले स्वर्ण पदकसँगै ‘बेस्ट फिमेल पुम्से प्लेयर’को उपाधि पनि प्राप्त गरेकी छन् । उक्त उपाधिसँगै उनले १०० अमेरिकी डलर पुरस्कारसमेत पाएकी छन् ।
प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बङ्गलादेश, सिङ्गापुर, जापान र साउदी अरेबियाका करिब ८०० खेलाडी सहभागी थिए ।
युमी राईको सफलताप्रति खुसी व्यक्त गर्दै कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले विद्यार्थी पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट हुन सक्छन् भन्ने कुरा युमीले प्रमाणित गरेको बताए । त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले विद्यार्थीको रुचि र प्रतिभाअनुसार कलेजले सहयोग गर्दै आएको बताए ।
युमीले यसअघि पनि विभिन्न प्रतियोगितामा पदक जित्दै आएकी छन् ।
वीपी प्रतिष्ठानमा क्यान्सरको समयमै पहिचान र उपचारबारे अन्तर्राष्ट्रिय कार्यशाला
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको प्रारम्भिक पहिचान, जाँच र उपचार सेवाबारे दुईदिने अन्तर्राष्ट्रिय
‘हिबिस्कस क्विजमेनिया’को पाँचौँ संस्करण आगामी पुस ९ र १० गते
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । विद्यार्थीहरूमा सामान्य ज्ञान बृद्धि सँगै भविष्यमा लोक सेवा आयोग परीक्षा उत्तीर्ण गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्यसहित
मधेश प्रदेशको सिरहामा १५२ किलो गाँजा बरामद
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । मधेश प्रदेशको सिरहा जिल्लामा रहेको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२

प्रतिकृया दिनुहोस