वीपी प्रतिष्ठानमा क्यान्सरको समयमै पहिचान र उपचारबारे अन्तर्राष्ट्रिय कार्यशाला
गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्यान्सरको प्रारम्भिक पहिचान, जाँच र उपचार सेवाबारे दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको अन्कोलोजी विभागको सहयोग तथा बीपीकेआइएचएस स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजनमा कात्तिक १९ र २० गते कार्यशाला आयोजना गरिएको हो । नेपाल हस्पिस केयर सेन्टर धरानले आयोजना गरेको कार्यक्रममा अमेरिकास्थित हेल्थ भोलुन्टियर्स ओभरसिजको पनि सहयोग रहेको थियो ।
‘समुदायलाई क्यान्सर उपचार सेवासँग जोड्दै ‘कोशी प्रदेशमा क्यान्सर जाँच तथा प्रारम्भिक पहिचानको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यशालाको उद्घाटन प्रतिष्ठानका रेक्टर प्रा.डा. शिवेन्द्र झाले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका रेक्टर प्रा.डा. शिवेन्द्र झा र कोशी प्रदेशका सचिव डा. कीर्तिपाल सुवेदीले क्यान्सर नियन्त्रणका लागि जनचेतना र स्वास्थ्य सेवाको पहुँच बढाउनुपर्नेमा जोड दिए । कार्यशालाको उद्देश्यबारे प्रतिष्ठानको अन्कोलोजी विभागकी प्रमुख डा. सोनिया दुलालले जानकारी गराएकी थिईन् ।
कार्यशालामा कोशी प्रदेशमा क्यान्सरको जोखिम घटाउने, रोगको सुरुमै पहिचान गर्ने र बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउने विषयमा छलफल गरिएको थियो । यसका साथै समुदायमा काम गर्ने स्वास्थ्यकर्मीको ज्ञान र सीप बढाउने विषयलाई प्राथमिकता दिइएको थियो ।
कार्यशालामा महिला स्वास्थ्य स्वयंसेविका, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । उनीहरूलाई क्यान्सरका सुरुवाती लक्षण पहिचान गर्ने, आवश्यक परामर्श दिने र शंकास्पद बिरामीलाई समयमै अस्पताल पठाउने विषयमा जानकारी दिइएको थियो ।
कार्यशालाको पहिलो दिन पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरको जाँच तथा सुरुमै रोग पत्ता लगाउने उपायबारे चिकित्सकहरूले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, कोशी प्रदेशमा क्यान्सरको जाँच सेवा प्रभावकारी बनाउने र गाउँघरदेखि ठूला अस्पतालसम्म बिरामीलाई सहज रूपमा पुर्याउने विषयमा छलफल गरिएको थियो । छलफलमा चिकित्सक, प्रदेश सरकारका प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रतिनिधि, सामाजिक संघसंस्था, औषधि व्यवसायी र सञ्चारकर्मी सहभागी थिए ।
दोस्रो दिन पेट, कलेजो, मुख तथा टाउको र घाँटीको क्यान्सर पहिचान गर्ने तरिकाबारे चिकित्सकहरूले जानकारी दिएका थिए । साथै, क्यान्सरका लक्षण देखिएदेखि रोग पत्ता लाग्ने र उपचार सुरु हुने अवस्थासम्म बिरामीले भोग्नुपर्ने प्रक्रियाबारे पनि छलफल गरिएको थियो ।
कार्यक्रममा औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीले क्यान्सरको सुरुवाती लक्षण पहिचान र बिरामीलाई उपचारका लागि सही ठाउँमा पठाउन खेल्न सक्ने भूमिकाबारे समेत जानकारी दिइएको थियो ।
कार्यशालाले क्यान्सर नियन्त्रणका लागि अस्पताल र चिकित्सकको प्रयास मात्र पर्याप्त नहुने सन्देश दिएको छ । यसका लागि समुदाय, स्वास्थ्यकर्मी, स्थानीय सरकार, सामाजिक संस्था र नीतिनिर्माताबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
कोशी प्रदेशका गाउँगाउँमा क्यान्सरबारे जनचेतना फैलाउने, समयमै रोग पत्ता लगाउने र बिरामीलाई उपचारको पहुँचमा पुर्याउने व्यवस्था बलियो बनाउनु कार्यशालाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । सहभागीहरूले कार्यशाला उपयोगी रहेको बताउँदै यस्ता कार्यक्रम देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
युएन कलेज अध्ययनरत युमी राईलाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । धरान १६ मा रहेको युएन नवोदय कलेज कक्षा ११ मा अध्ययनरत युमी राईले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्
‘हिबिस्कस क्विजमेनिया’को पाँचौँ संस्करण आगामी पुस ९ र १० गते
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । विद्यार्थीहरूमा सामान्य ज्ञान बृद्धि सँगै भविष्यमा लोक सेवा आयोग परीक्षा उत्तीर्ण गर्न सक्ने क्षमता विकास गर्ने लक्ष्यसहित
मधेश प्रदेशको सिरहामा १५२ किलो गाँजा बरामद
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । मधेश प्रदेशको सिरहा जिल्लामा रहेको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२

प्रतिकृया दिनुहोस