• ५ मङ्सिर २०८३ शुक्रबार/ Friday 11-20-2026

त्रिभुवन आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत हिजो बुधबार भएको पाँचौ खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

डि १९ को आयोजनामा जारी प्रतियोगिताअन्तर्गत भएको पाँचौँ खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै एपीएफले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एपीएफको जितमा कप्तान अनिता बस्नेत र गिता रानाले एक/एक गोल गरे । खेलको पहिलो हाफमै एपीएफकी कप्तान अनिता बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । रश्मी घिसिङले उपलब्ध गराएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै अनिताले बललाई जाली चुमाएकी थिइन् ।

पहिलो गोलपछि थप आक्रामक देखिएको एपीएफले अर्को गोल गर्ने अवसर पायो । विपक्षी टोलीको पेनाल्टी क्षेत्रमा भएको फलपछि एपीएफले पेनाल्टी किक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै गिता रानाले पेनाल्टीबाट सोझै बललाई जाली चुमाइन् । उनको गोलसँगै एपीएफले २-० को अग्रता बनायो ।

खेलको अन्तिमसम्म आर्मीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । अन्ततः अनिता र गिताको गोल नै एपीएफको जितका लागि पर्याप्त बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी गिता राना प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

त्रिभुवन आर्मीलाई पराजित गरेसँगै एपीएफले प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । अब एपीएफको नजर उपाधिमा केन्द्रित भएको छ ।

अब प्रतियोगिताको छैटौ तथा अन्तिम सेमिफाइनल खेल आज बिहीबार साँझ नेपाल पुलिस फुटबल क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीच हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् । 

 

प्रतिकृया दिनुहोस

रेखा पौडेलको उत्कृष्ट प्रदर्शनले नेपाल पुलिसको फराकिलो जित

# खेलकुद

गणतन्त्र खवर, धरान । रेखा पौडेलको उत्कृष्ट प्रदर्शनसँगै नेपाल पुलिस क्लबले पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपमा शानदार जित गरेको छ । धरान-१६

पहिलो धरान महिला गोल्डकपको तेस्रो खेलमा त्रिभुवन आर्मीको फराकिलो जित

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत भएको तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युवा क्लबलाई ९-० गोलको

सजिनाको ह्याट्रिकमा स्वर्णिमको शानदार जित, ५-० ले उदयपुर पराजित

# खेलकुद

गणतन्त्र खवर, धरान । डी-१९ क्लब, धरान१९ को आयोजना भईरहेको पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकपको दोश्रो खेलमा घरेलु टोली स्वर्णिम फुटबल क्लबले

↑