• ६ मङ्सिर २०८३ शनिबार/ Saturday 11-21-2026

नेपाल पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

गणतन्त्र खवर, धरान । आयोजक टोलीमाथि ६-० गोलको प्रभावशाली जित निकाल्दै नेपाल पुलिस क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ । डि १९ क्लबद्वारा आयोजित धरानस्थित रंगशालामा जारी खेलको छैटौ दिन सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले एकपक्षीय खेल प्रदर्शन गर्दै आयोजक टोलीलाई निराश बनाएको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो । खेलको सातौ मिनेटमा विपक्षी गोलरक्षकबाट भएको त्रुटिको फाइदा उठाउँदै मिना देउवाले बल आफ्नो नियन्त्रणमा लिइन् र त्यसलाई जाली चुमाउँदै पुलिसलाई अग्रता दिलाइन् ।

त्यसपछि खेलको ३१औँ मिनेटमा रेखा पौडेलले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । निर्मला विकले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रेखाले कठिन अवस्थाबाट आकर्षक गोल गरेकी थिइन् । पोस्टतर्फ पिठ्युँ फर्किएको अवस्थामा प्राप्त बललाई जमिनमा खस्न नदिई खुट्टाको विशेष घुमाइ (लेग टर्निङ) मार्फत उनले गोलमा परिणत गरेकी थिइन् ।  उनको पोजिसन हेर्दा गोल गर्न कठिन देखिए पनि उत्कृष्ट टाइमिङ र कौशलले सम्भव भएको उक्त गोल खेलको आकर्षक क्षणमध्ये एक बन्यो ।

पहिलो हाफको ३५औँ मिनेटमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल थप्दै पुलिसको अग्रता ३-० पुर्‍याइन् ।

दोस्रो हाफमा पनि पुलिसको आक्रामक लय कायम रह्यो । दोस्रो हाफ सुरु भएको दशौं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अवस्थामा पुर्‍याइन् । त्यसैगरी १७औँ मिनेटमा बिर्षना चौधरीले गोल थपिन् । खेलको ३३औँ मिनेटमा अनुश्का शेर्पाले छैटौँ गोल गरेपछि पुलिसको जित ६-० ले निश्चित भयो ।

खेल अवधिभर आयोजक टोलीले गोलका लागि केही प्रयास गरे पनि पुलिसको बलियो रक्षापंक्ति तथा उत्कृष्ट खेल संयोजनका अगाडि केही लागेन । 

दुई गोलसहित टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएकी नेपाल पुलिस क्लबकी मिना देउवा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसअघि पहिलो सेमिफाइनलमा जित निकाल्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले फाइनलमा स्थान बनाइसकेको छ । अब प्रतियोगिताको उपाधिका लागि आगामी मंसिर ५ गते साँझ एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाईनलमा विजेता टोलीले ५ लाख रुपैयाँ, धरानको पहिचान बोकेको ट्रफी र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजारका दरले जनही नगद पुरस्कार तथा मेडल पाउनेछन् । 

 

 

 

प्रतिकृया दिनुहोस

वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ

ऐतिहासिक पहिलो धरान महिला गोल्डकपको उपाधी कसको पोल्टामा ?

# खेलकुद

रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका

त्रिभुवन आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत हिजो बुधबार भएको पाँचौ खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले त्रिभुवन

↑