• ६ मङ्सिर २०८३ शनिबार/ Saturday 11-21-2026

वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै

गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ । सो कुरा शुक्रबार, धरान १८ का वडाअध्यक्ष प्रविण राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । 

गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले आयोजना गर्दै आएको प्रतियोगिता धरानको रत्नचोकदेखि ब्रिटिस गोर्खा स्मृति पार्क विष्णुपादुका सम्मको १० किलोमिटर दूरीमा सञ्चालन हुने गरेको छ । 

प्रतियोगिता बिहान ६ः३० बजे धरान-१८ स्थित रत्नचोकबाट सुरु भई बिहान ९ बजे धरान-२० विष्णुपादुकास्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा समापन हुने कार्यक्रम रहेको गोर्खा सिमेट्रीज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले बताए । 

गोर्खाली वीर पुर्खाहरूको सम्मान र सम्झनामा अप्रिल ५ मा मनाइने पूर्खा दिवसको अवसर पारेर ट्रष्टले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रथम र दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्धमा शहादत प्राप्त गरेका गोर्खाली सैनिकहरूको योगदानको स्मरण गर्दै सन् २००६ मा हङकङमा गोर्खा सिमेट्रीज ट्रष्ट स्थापना भएको थियो । नेपालमा भने सन् २०१८ मा संस्था स्थापना भएको हो ।

संस्थाले स्थापना भएदेखि नै प्रत्येक वर्ष अप्रिल ५ मा दोस्रो विश्वयुद्धका जीवित योद्धाहरूलाई सम्मान गर्दै आएको छ । हालसम्म दोस्रो विश्वयुद्धका १० जना जीवित योद्धा र एकमात्र जीवित भिक्टोरिया क्रस विजेता रामबहादुर वेघा लिम्बूलाई सम्मान गरिसकेको अध्यक्ष राईले जानकारी दिए ।

पूर्खा दिवसकै अवसरमा सन् २०२३ देखि धरानमा १० किलोमिटर दूरीको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता सञ्चालन हुँदै आएको छ । गत चैत १४ गते सम्पन्न चौथो गोर्खा ट्रेलब्लेजर २०२६ मा करिब ७०० खेलाडी सहभागी भएका थिए । प्रतियोगिता सफल बनाउन धरान उपमहानगरपालिका, विशेषगरी वडा नं. १८ र २० सहित नगरका २० वटै वडा, ब्रिटिस गोर्खा स्मृति पार्क, विभिन्न संघसंस्था, पत्रकार तथा स्थानीय व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

पाँचौँ संस्करणमा ५०० देखि ७०० जना खेलाडीलाई मात्र सहभागिता गराउने भएको छ । 

यसरी गरिनेछ पुरस्कार वितवरण 

प्रतियोगितामा खुला महिला तथा पुरुष, भेट्रान्स महिला तथा पुरुष र सुपर भेट्रान्स पुरुष विधामा प्रतिस्पर्धा हुनेछ ।

आयोजकका अनुसार खुला महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, ४० वर्षमाथिको भेट्रान्स महिला तथा पुरुषतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र चौथोलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।

६० वर्षमाथिको सुपर भेट्रान्स पुरुषतर्फ प्रथमलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रुपैयाँ पुरस्कार राखिएको छ । यस विधाको पुरस्कारको व्यवस्थापन धरान-१८ का हाल बेलायतमा रहेका काजी राईले गर्ने आयोजकले जनाएको छ ।

यस्तै, सबैभन्दा कम उमेर समूहका महिला तथा पुरुष खेलाडीलाई प्रथमदेखि चौथो स्थानसम्मका लागि जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सुपर भेट्रान्स महिला तथा पुरुषतर्फ पनि प्रथमदेखि चौथो स्थानसम्मका खेलाडीलाई जनही २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

 

प्रतिकृया दिनुहोस

ऐतिहासिक पहिलो धरान महिला गोल्डकपको उपाधी कसको पोल्टामा ?

# खेलकुद

रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका

नेपाल पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

# खेलकुद

गणतन्त्र खवर, धरान । आयोजक टोलीमाथि ६-० गोलको प्रभावशाली जित निकाल्दै नेपाल पुलिस क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल

त्रिभुवन आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

# खेलकुद

गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप अन्तर्गत हिजो बुधबार भएको पाँचौ खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले त्रिभुवन

↑