• ७ मङ्सिर २०८३ आइतबार/ Sunday 11-22-2026

पहिलो धरान महिला गोल्डकपको ऐतिहासिक उपाधि सशस्त्र प्रहरीलाई

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा महिला फुटबलको नयाँ अध्याय लेख्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ को च्याम्पियन बनेको छ । 

डि १९ क्लबद्वारा आयोजित अस्थायी फ्लडलाइटको उज्यालो रंगशालामा शनिबार राति सम्पन्न फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

अतिरिक्त समयको चौथो मिनेट अर्थात् ९४औँ मिनेटमा एपीएफकी रश्मि कुमारी घिसिङले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि अतिरिक्त समयको अन्तिमतिर १२० मिनेटपछि थपिएको दुई मिनेटमा एपीएफकी अनिता केसीले दोस्रो गोल थप्दै टोलीको ऐतिहासिक उपाधि पक्का गरिन् । अन्तिमसम्म संघर्ष गरेको पुलिस उपविजेतामै सीमित रह्यो ।

अस्थायी फ्लडलाइटको उज्यालोमा सम्पन्न फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । प्याराफिटमा दर्शक अटिनसक्नु थिए । दुवै टोलीका समर्थकले बराबरी उत्साहका साथ हुटिङ गर्दै खेलाडीलाई साथ दिएका थिए । रात्रीकालीन फुटबलको नयाँ अनुभव, दर्शकको जोश र दुई विभागीय टोलीबीचको प्रतिष्ठाको लडाइँले फाइनललाई थप आकर्षक बनाएको थियो ।

च्याम्पियन एपिएफलाई ५ लाख, रेखा पौडेल सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको पहिलो च्याम्पियन बनेको एपीएफले नगद पाँच लाख रुपैयाँसहित धरानको पहिचान बोकेको आकर्षक ट्रफी प्राप्त गर्‍यो । उपविजेता नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँ पुरस्कार पायो ।

प्रतियोगिताभर व्यक्तिगत प्रदर्शनमा नेपाल पुलिस क्लबकी रेखा पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । उनले प्रतियोगितामा आठ गोल गर्दै डबल ह्याट्रिकसहित गोलको वर्षा गरेकी थिईन् । साथै प्रतियोगिता भर आठ गोल गरेकी उनी प्रतियोगिताको हाइ स्कोरर समेत बनिन् भने सर्वोत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारिन् ।

सर्वोत्कृष्ट खेलाडी घोषित रेखा पौडेलले पुरस्कारस्वरूप ईभी स्कुटर प्राप्त गरिन् । साथै सर्वाधिक गोलकर्ताको पुरस्कारस्वरूप १५ हजार रुपैयाँ नगद पनि उनलाई प्रदान गरियो ।

यता ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक एपीएफकी एन्जिला तुम्बाम्फो, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटी, उत्कृष्ट स्ट्राइकर एपीएफकी पूर्णिमा राई तथा उत्कृष्ट प्रशिक्षक एपीएफका जेविस कुमार पाण्डे घोषित भए । उत्कृष्ट डिफेन्डरको पुरस्कार नेपाल पुलिस क्लबकी पूजा रानाले प्राप्त गरिन् । विधागत उत्कृष्ट घोषित सबैले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

खेलकुद पत्रकारिताको योगदानको कदर गर्दै पत्रकार बस्नेत सम्मानित

प्रतियोगिता आयोजकले प्रचारप्रसार तथा महिला फुटबल प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गणतन्त्र खबर तथा रेडियो गणतन्त्रका सम्पादक रोहितकुमार बस्नेत (डेबिट)लाई सम्मान समेत गरेको छ । 

प्रतियोगितालाई जनस्तरमा व्यापक परिचित गराउन पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदान, सहयोग र सद्भावको उच्च मूल्याङ्कन गर्दै क्लबले बस्नेतलाई सम्मानपत्रसहित नगद ७ हजार रुपैयाँ प्रदान गरेको हो ।

महिला फुटबलको प्रवर्द्धन, प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदप्रति जनचाहना र आकर्षण अभिवृद्धि गर्न सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको कदर गर्दै आयोजकले सम्मान गरेको जनाएको छ । 

पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपले उपाधि प्रतिस्पर्धासँगै महिला फुटबलप्रतिको दर्शक आकर्षणलाई बढाएको छ । साथै अस्थायी फ्लडलाइटमा रातको समयमा दर्शकको बाक्लो उपस्थितिले यस्ता प्रतियोगिताको निरन्तरताको माग गरेको छ । 

 

प्रतिकृया दिनुहोस

वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ

ऐतिहासिक पहिलो धरान महिला गोल्डकपको उपाधी कसको पोल्टामा ?

# खेलकुद

रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका

नेपाल पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग भिड्ने

# खेलकुद

गणतन्त्र खवर, धरान । आयोजक टोलीमाथि ६-० गोलको प्रभावशाली जित निकाल्दै नेपाल पुलिस क्लब प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल

↑