आठौँ मिस्टर कोशी प्रदेश हुँदै, विजेतालाई १ लाख २५ हजार
गणतन्त्र खवर, धरान । एलाइनेट जिम धरानको आयोजनामा आगामी फागुन २९ र ३० गते ‘आठौँ मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । एलाइनेट जिमले २४औँ आयोजनाका रूपमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
धरान-१३ स्थित अमर सेवा भवन (अमरहाट)मा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका सुनसरी, मोरङ र उदयपुरका खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबारे एलाइनेट जिमले मंसिर ९ गते पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिता दुई दिन सञ्चालन हुनेछ । पहिलो दिन प्रि-जजिङ राउण्ड र दोस्रो दिन फाइनल च्याम्पियनसिप हुनेछ ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथि गरी छ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्ने एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले बताएका छन् । उनका अनुसार प्रि-जजिङ राउण्डमा नकआउट प्रणालीका आधारमा प्रत्येक तौल समूहबाट उत्कृष्ट ६ खेलाडी छनोट गरी फाइनलमा प्रवेश गराइनेछ । फाइनलमा प्रत्येक तौल समूहका खेलाडीले आफ्नो शारीरिक बनावट, मांसपेशीको विकास, सन्तुलन, प्रस्तुति तथा पोजिङ क्षमताका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्येक तौल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैठौँ स्थान हासिल गर्ने खेलाडी छनोट गरिनेछ । छवटै तौल समूहका प्रथम खेलाडीबीच पुनः ओभरअल राउण्ड प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ‘आठौँ मिस्टर कोशी प्रदेश-२०८३’ को उपाधि जित्नेछन् । ओभरअलतर्फ दोस्रो र तेस्रो हुने खेलाडी रनरअप घोषित हुनेछन् भने चौथोदेखि छैठौँ स्थान हासिल गर्ने खेलाडीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विजेताले १ लाख २५ हजार नगद पुरस्कार
प्रतियोगिताको मुख्य आकर्षण उपाधि विजेताले प्राप्त गर्ने एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । ओभरअलतर्फ द्वितीय हुनेले ५० हजार, तृतीयले ४० हजार, चौथोले ३० हजार, पाँचौँले २५ हजार र छैठौँले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसबाहेक बेस्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ र बेस्ट टिम विधामा समेत पुरस्कार प्रदान गरिनेछ । ती विधाका विजेताले जनही पाँच हजार रुपैयाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पनि ट्रफी, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न १४ लाख ६० हजार रुपैयाँ अनुमानित बजेट छुट्याइएको आयोजकले जनाएको छ ।
प्रतियोगितासँगै राष्ट्रिय स्तरका निर्णायक उत्पादन गर्ने उद्देश्यले ‘राष्ट्रिय जजेज कार्यशाला’ सञ्चालन गर्ने योजना पनि अघि सारिएको अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार एलाइनेट जिमले पाँच वर्षअघि धरानमै जजेज कार्यशाला आयोजना गरी चार जना राष्ट्रिय स्तरका निर्णायक उत्पादन गरिसकेको छ ।
प्रतियोगितामार्फत शारीरिक सुगठन खेलको ऐतिहासिक केन्द्रका रूपमा स्थापित धरानलाई अझ प्रर्वद्धनका निम्ति एलाइनेट जिमले निरन्तरता दिन खोजिरहेको खेल प्रेमीहरुको भनाई रहेको छ ।
पहिलो धरान महिला गोल्डकपको ऐतिहासिक उपाधि सशस्त्र प्रहरीलाई
# खेलकुद
गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा महिला फुटबलको नयाँ अध्याय लेख्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब पहिलो धरान अन्तर्राष्ट्रिय
वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै
# खेलकुद
गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ
ऐतिहासिक पहिलो धरान महिला गोल्डकपको उपाधी कसको पोल्टामा ?
# खेलकुद
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खवर, धरान । पहिलो धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को ऐतिहासिक पहिलो उपाधिका

प्रतिकृया दिनुहोस