• १३ मङ्सिर २०८३ शनिबार/ Saturday 11-28-2026

कोशी प्रदेशकै एक प्रतिष्ठित विद्यार्थी फुटबल प्रतियोगिता 'आठौं डी.आई.जी.पी.रनिङ कप' हुँदै

पहाडी जिल्लाका विद्यालयलाई विशेष प्राथमिकता दिईने

गणतन्त्र खवर, धरान । कोशी प्रदेशकै एक प्रतिष्ठित विद्यार्थी फुटबल प्रतियोगिता डी.आई.जी.पी.रनिङ कप २०८३ यही आउदो पौष ३ गतेदेखि सञ्चालन हुने भएको छ । धरान १३ स्थित नेपाल पुलिस स्कुलद्वारा २०५८ सालमा स्थापित प्रतिष्ठित प्रतियोगिताको यो आठौ संस्करण हो । 

गतबर्ष देखि पुलिस स्कुलले २०६२/०६३ सालको जनआन्दोलन, भूकम्प र कोभिड-१९ जस्ता कारणले थालनीमै रोकिएको प्रतियोगिता  ‘फेयर प्ले फर फ्रेन्डशिप’ नाराका साथ पुनर्जीवित गर्दै प्रदेशभरिका विद्यार्थीहरूलाई एउटै मैदानमा उर्तादै आएको छ । 

प्रदेशव्यापी प्रतियोगितालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको पुलिस स्कुलले प्रतिस्पर्धामा पहाडी जिल्लाका विद्यालयलाई प्राथमिकतामा राख्दै आएको छ । तर गतबर्ष सो अनुरुप नभएपछि सहभागिता गराउन विशेष पहल गरिने प्रतियोगिता संयोजक तथा स्कुलकी नेतृत्व ईनिस्पेक्टर अनिता महतले बताएकी छिन् । 

प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयले 'फस्ट-कम फस्ट-सर्भिस'को आधारमा सहभागिता जनाउन पाउने भएका छन् । पहाडी जिल्लाका विद्यालयलाई सहभागितामा विशेष प्राथमिकता दिईने संयोजक ईनिस्पेक्टर महतले जनाईन् ।

पहाडी जिल्लाका सहभागी विद्यार्थीलाई खाना र बसोबासका निम्ति आवश्यक व्यवस्थापन पूर्ण रूपमा उपलब्ध गराउने तयारी समेत गरिएको छ । 

विजेता टिमलाई नगद रु. १लाख ५, उत्कृष्ट खेलाडीलाई रु.३ हजार ५

गतबर्षको तुलनामा पुरस्कार राशी बढाईएको संयोजक ईनिस्पेक्टर महतले बताएकी छिन् । उनका अनुसार संयोजक महतले विजेता बिद्यालयलाई नगद रु. १लाख ५ रुपैया राशीको पुरस्कार सहित रनिङ शिल्ड, आकर्षक ट्रफि, मेडल र उपविजेतालाई नगद रु. ५० हजार ५ सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने बताईन् । 

उनका अनुसार विधागत उत्कृष्ट खेलाडीहरू गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र बेस्ट कोचलाई जनही नगद रु. २ हजार ५ र उत्कृष्ट खेलाडीलाई नगद रु.३ हजार ५ प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद रु १ हजार ५ पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिने छ । 

त्यसैगरी विशेष प्रोत्साहन स्वरुप प्रत्येक खेलको म्यान अफ द म्याच र फाईनल खेलको विधागत घोषित खेलाडीलाई नेपाल पुलिस स्कुल धरानमा विद्यालय भर्नामा ५० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकले जनाएको छ । 

कक्षा १० सम्म अध्ययनरत १६ बर्ष सम्मका तर एन्फाले आयोजना गरेको कुनै पनि लिग नखेलेका विद्यार्थीहरू मात्र प्रतिस्पर्धामा योग्य रहने खेल संयोजक सागर कार्कीले बताए । उनले प्रतियोगिता ९ साइज मैदानमा नक-आउट प्रणालीमा सञ्चालन हुने बताए । 

नेपाल प्रहरी प्रदेश कार्यलय धरानको मैदानमा आयोजना गरिने प्रतियोगितामा आयोजकले १५ लाख बराबरको अनुमानित बजेट निर्धारण गरेको छ भने प्रत्येक टिमलाई दर्ता शुल्क रु. ८ हजार तोकेको छ । 

गतबर्षको विजेता आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) भएको थियो । सुनसरीका ८ वटा, झापाका २ वटा र मोरङ ६ वटा टिमले सहभागिता जनाएका थिए । 

प्रतिकृया दिनुहोस

आठौँ मिस्टर कोशी प्रदेश हुँदै, विजेतालाई १ लाख २५ हजार

# खेलकुद

गणतन्त्र खवर, धरान । एलाइनेट जिम धरानको आयोजनामा आगामी फागुन २९ र ३० गते ‘आठौँ मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता-२०८३’

पहिलो धरान महिला गोल्डकपको ऐतिहासिक उपाधि सशस्त्र प्रहरीलाई

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानको फुटबल इतिहासमा महिला फुटबलको नयाँ अध्याय लेख्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब पहिलो धरान अन्तर्राष्ट्रिय

वीर गोर्खालीको सम्मानमा पाँचौँ गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिता हुँदै

# खेलकुद

गणतन्त्र खवर, धरान । गोर्खाली वीर पुर्खाको सम्मानमा गरिँदै आएको गोर्खा ट्रेलब्लेजर दौड प्रतियोगिताको पाँचौ संस्करण आउदो माघ २ गते शनिबार हुने भएको छ

↑